Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सशस्त्रले हटायो भारतीय सुरक्षाकर्मीले दशगजामा गाडेका सिमेन्टेड पोल र काँडेतार 

सशस्त्रले हटायो भारतीय सुरक्षाकर्मीले दशगजामा गाडेका सिमेन्टेड पोल र काँडेतार 

  • मंगलवार, जेठ २४ २०७९

  • 2.0K
    SHARES

  • सशस्त्रले हटायो भारतीय सुरक्षाकर्मीले दशगजामा गाडेका सिमेन्टेड पोल र काँडेतार 
    काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संरक्षणमा भारतीय सशस्त्र वन रक्षकले कञ्चनपुरको दोधारा–चाँदनीस्थित दशगजा क्षेत्रको जमिन कब्जा गर्न लगाएको काँडेतार र सिमेन्टेड पोल सशस्त्र प्रहरी बल (एपीएफ)ले हटाएको छ ।
     
    दशगजा क्षेत्रको जमिन आफ्नोतर्फ पार्न भारतीय सुरक्षाकर्मीले गाडेका सिमेन्टका पोल र काँडेतार सीमा सुरक्षार्थ देविस्थानबाट तैनाथ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)बाट खटिएको टोलीले हटाएको हो ।
     
    सिमेन्टेड पोल गाडेर दशगजाको जमिन आफ्नो तर्फ पार्न काँडे तारजाली लगाएको सुइँको पाएपछि जेठ १८ मा सशस्त्र प्रहरी टोली भारतीय अनधिकृत संरचना हटाउन पुगेको थियो । सशस्त्र प्रहरीले दशगजामा बनाइएका संरचना हटाउन थालेपछि भारतीय सुरक्षाकर्मी भनाभनमा उत्रिएको स्रोतले बताएको छ । 
     
    तर, दशगजामा संरचना बनाउन नदिने सशस्त्र प्रहरीको अडानपछि एसएसबी र सशस्त्र सीमा बलको टोली पछि हटेको थियो । त्यसपछि सशस्त्रले सिमेन्टेड पोल र काँडेतार हटाएर दशगजाको भू-भाग खाली गराएको थियो । यो विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पनि जानकारी गराएको थियो । गृह स्रोतका अनुसार अनधिकृत रुपमा संरचना बनाएको विषयमा भारतीय पक्षलाई समेत जानकारी गराउन गृह मन्त्रालयले परराष्ट्रलाई पत्राचार गरेको गृह मन्त्रालय स्रोतले बताएको छ । 
     
    यसैगरी दोधारा-चाँदनी नगरपालिका ३ बडुवालटोल नजिकै नेपाली भूभागलाई असर पर्नेगरी भारतले नखाताल वन क्षेत्रको बाटोबाट नजिकै बनाएको ढुङ्गा र माटाको अग्लो संरचना पनि सशस्त्रले भत्काइदिएको छ । नेपालबाट बग्ने पानीको बहाव रोक्न भारतीय सशस्त्र वन रक्षकले माटो र ढुंगाको उकास लगाउन थालेपछि सशस्त्र प्रहरीको भूमिराज टोलास्थित बीओपीबाट खटिएका सुरक्षाकर्मीले रोकेका हुन् । स्काभेटर लगायत उपकरणबाट अग्लो संरचना बनाउन थालेपछि सशस्त्रले एसएसबीलाई भेटेर आपत्ति जनाएको थियो । 


    मंगलवार, जेठ २४ २०७९०४:२८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij