Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नयाँ, नामसारी र नवीकरण भएका सवारीसाधनलाई मात्रै इम्बोस्ड अनिवार्य

नयाँ, नामसारी र नवीकरण भएका सवारीसाधनलाई मात्रै इम्बोस्ड अनिवार्य

  • मंगलवार, जेठ २४ २०७९

  • 639
    SHARES

  • नयाँ, नामसारी र नवीकरण भएका सवारीसाधनलाई मात्रै इम्बोस्ड अनिवार्य

    काठमाडौं । यातायात व्यवस्था विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारीसाधन र २०७९ जेठ १ गतेबाट नवीकरण भएका सवारीसाधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको जनाएको छ ।

    विभागले केही दिनअघि सूचना निकालेर वागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा साउन १ देखि अनिवार्य इम्बोस्ड नम्बर लगाउन भनेको थियो । चौतर्फी विरोधपछि विभागले नयाँ, नवीकरण र नामसारी गरिने सवारीसाधनमा मात्र यो नियम लगाइएको हो ।

    इम्बोस्ड नम्बर प्लेटका विषयमा जानकारी दिन मंगलबार काठमाडौंमा विभागले पत्रकार सम्मेलनको आयोजना गरेर विभागका महानिर्देशक नमराज घिमिरेले असार १ भित्रै जडान गरिसक्नुपर्ने इम्बोस्ड नम्बर प्लेट सबै सवारीसाधनलाई अनिवार्य नभएको बताउनुभयो ।

    तत्कालै एकैपटक २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट राख्न असम्भव रहेको भन्दै उहाँले पूर्वाधार विस्तारको काम भइरहेको बताउनुभएको छ ।

    सवै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सूचना सही नभएको उहाँको भनाइ छ ।

    विभागले संसदले कानून कार्यान्वयनका लागि मात्रै इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई अघि बढाइएको भन्दै यसमा विभागको कुनै स्वार्थ नरहेको प्रष्ट्याउनुभएको छ ।


    मंगलवार, जेठ २४ २०७९०३:५३:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij