Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

पार्टीमा मन्त्री हेरफेर गर्ने विषयमा छलफल भएको छैन : मनीष सुमन

पार्टीमा मन्त्री हेरफेर गर्ने विषयमा छलफल भएको छैन : मनीष सुमन

  • मंगलवार, जेठ २४ २०७९

  • 541
    SHARES

  • पार्टीमा मन्त्री हेरफेर गर्ने विषयमा छलफल भएको छैन : मनीष सुमन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता मनीष सुमनले अहिले पार्टीका मन्त्री हेरफेर गर्ने विषयमा कुनै पनि छलफल नभएको स्पष्ट पार्नुभएको छ । तर राजनितीक दलसँग मन्त्री फेर्ने अधिकार सुनिश्चत भएकाले भविष्यमा फेरबदल हुन सक्ने उहाँको संकेत छ ।

    नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले मन्त्रीहरुले पार्टीको अनुसार सन्तुष्टि हुने काम गरिरहेकाले नेकपा एसको निर्णयबाट प्रभावित भएर पात्रहरु हेरफेर गर्नेबारे कुनै पनि बहस र छलफल नभएको बताउनुभएको छ ।

    अहिले बजेट अधिवेशन चलिरहेकाले बजेटमाथि उठेको प्रश्नको जवाफ दिनुपर्ने दायित्व मन्त्रीहरुसँग छ, त्यसैले तत्काल फेरिने कुरा नभएको नेता सुमनले दोहोर्‍याउनुभयो ।

    अर्को प्रसंगमा नेता सुमनले आफूहरु गठबन्धनको भरमा नचलेको दाबी गर्नुभयो । केपी शर्मा ओलीबाट उन्मुक्त गराउन यो गठबन्धन निर्माण भएकाले अहिले पनि कायम रहेको उहाँको भनाइ छ ।

    नेता सुमनले गठबन्धबिना पार्टीको अस्तित्व छैन, यसैको साहारामा दलहरु छन् भन्ने कुरा स्वप्न भएको बताउँदै एकअर्काको विश्वासमा गठबन्धनमा रहेको स्पष्ट पार्नुभयो ।


    मंगलवार, जेठ २४ २०७९०९:२८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij