Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मन्त्री फेरबदल आवश्यक छ : कांग्रेस नेता भण्डारी

मन्त्री फेरबदल आवश्यक छ : कांग्रेस नेता भण्डारी

  • मंगलवार, जेठ २४ २०७९

  • 740
    SHARES

  • मन्त्री फेरबदल आवश्यक छ : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले काम गर्न नसक्नेलाई मन्त्रिपरिषद्मा राख्न आवश्यक नभएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले जनताले पनि अब नयाँ अनुहार हेर्न चाहेकाले मन्त्री फेरबदल आवश्यक रहेकोमा जोड दिनुभएको हो ।

    ‘देशमा भ्रष्टाचारको अन्त्य गर्ने हो भने, देशलाई सम्वृद्धिको बाटोमा लैजाने हो भन,े नयाँ पालुवा फूल्न दिनुपर्छ, त्यसैले नयाँले अवसर पाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘दुध नै नदिने ठाडा गाई र भैँसी पालेर जसरी गोठको इज्जत रहन्न त्यसैगरी कामै नगर्ने व्यक्तिहरुलाई राखेर यो मुलुक सम्वृद्धिको बाटोमा अगाडि बढ्न सक्दैन, त्यसकारण हरेक ठाउँमा परिवर्नतको आवश्यक छ ।’

    यस्तै नेता भण्डारीले नेपालको प्रमुख रोग नै कर्मको सम्मान गर्न नसक्ने, क्षमतालाई खोज्न नसक्ने रहेको बताउँदै यस्को उपचार कानुन भएको र कानुनले कारवाही गरे नेपालमा नयाँ पुस्ता आउने बताउनुभयो । नयाँ क्षमतावान पुस्ताले देशको लागि राम्रो काम गर्ने पनि उहाँको विश्वास छ । देशलाई बनाउन कसैले नपर्ने मात्रै नबिगारे हुने उहाँको आग्रह छ ।


    मंगलवार, जेठ २४ २०७९०७:२२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij