Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

हप्ताको दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

हप्ताको दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

  • सोमवार, जेठ २३ २०७९

  • 402
    SHARES

  • हप्ताको दुई दिन बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर
    काठमाडौं । हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
     
    मन्त्रिपरिषद्ले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् ।
     
    उनीहरूले आइतबार पनि सार्वजनिक बिदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् ।
     
    मन्त्रिपरिषद्को बैठक २६ गतेको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक बिदा कार्यान्वयन भइरहेको छ ।
     
     


    सोमवार, जेठ २३ २०७९०५:२७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij