Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

दश महिनामा १४६ गर्भवती महिलाको गरियो हवाई उद्धार

दश महिनामा १४६ गर्भवती महिलाको गरियो हवाई उद्धार

  • आइतवार, जेठ २२ २०७९

  • 414
    SHARES

  • दश महिनामा १४६ गर्भवती महिलाको गरियो हवाई उद्धार
    काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।
     
    राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । 
     
    मन्त्रालयका अनुसार साउनमा १८, भदौमा १२, असोजमा ६, कात्तिकका २६, मंसिरमा १६, पुसमा १२, माघमा १०, फागुनमा १९, चैतमा १३ र वैशाखमा १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।  
     
    यो कार्यक्रम आर्थिक वर्ष २०७५/७६ बाट सुरु गरिएको थियो । कार्यक्रम सुरु भएयता हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ३६२ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।
     
    आर्थिक वर्ष २०७५/७६ मा २६ जना, २०७६/७७ मा ८७ जना, २०७७/७८ मा १०३ जना र चालु आर्थिक २०७८/७९ को हालसम्म १४६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । 
     


    आइतवार, जेठ २२ २०७९०१:५२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij