Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको १०० रुपैयाँ संकलन अभियान, एक महिनाभित्र उठाइसक्ने !

माओवादी केन्द्रको १०० रुपैयाँ संकलन अभियान, एक महिनाभित्र उठाइसक्ने !

  • आइतवार, जेठ २२ २०७९

  • 596
    SHARES

  • माओवादी केन्द्रको १०० रुपैयाँ संकलन अभियान, एक महिनाभित्र उठाइसक्ने !

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै एकसय रुपैयाँ संकलन गर्ने भएको छ ।
    पार्टीका हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको हो ।

    आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको हो ।

    पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय भएको छ ।

    त्यस्तै बैठकमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गर्न पहल गर्ने निर्णय भएको छ ।

    लामो समयदेखि विवादित बनेको अखिल क्रान्तिकारीमा एकपक्षीय रुपमा पदाधिकारी घोषणा भएपछि थप विवाद चुलिएको छ ।


    आइतवार, जेठ २२ २०७९०१:१७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij