Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

पाकिस्तान तालिबानद्वारा सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा

पाकिस्तान तालिबानद्वारा सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा

  • शनिवार, जेठ २१ २०७९

  • 652
    SHARES

  • पाकिस्तान तालिबानद्वारा सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा

    एजेन्सी । पाकिस्तााको तालिबान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो । 

    दी पाकिस्तानी तालिवान ९टीटीपी० ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ । पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ । टीटीपीले पाकिस्तानको सशस्त्र फौजसँग वर्षौंदेखि लडिरहेको छ । 

    टीटीपीले अफगानिस्तानको सीमानामा रहेको पाकिस्तानी क्षेत्रहरूमा शरिया कानूनको कठोर ढंगले लागू गर्न चाहन्छ । पहाडी क्षेत्र लामो समयदेखि चरमपन्थी गतिविधिको केन्द्र बनेको छ ।

    समूहले अफगान तालिबानसँग घनिष्ठ तर अस्पष्ट सम्बन्धको फाइदा लिएको बीबीसीले जनाएको  छ । 
     


    शनिवार, जेठ २१ २०७९०८:०९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij