Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले फेरि मतदाता दर्ता कार्यक्रम अघि बढाउने

निर्वाचन आयोगले फेरि मतदाता दर्ता कार्यक्रम अघि बढाउने

  • शुक्रवार, जेठ २० २०७९

  • 2.5K
    SHARES

  • निर्वाचन आयोगले फेरि मतदाता दर्ता कार्यक्रम अघि बढाउने
    काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रमलाई अघि बढाउने भएको छ । 
     
    अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
     
    जुन दिन निर्वाचनको मिति तोकिन्छ त्यही दिनबाट दर्ता कार्यक्रम रोकिने आयोगले यसबारे छिट्टै निर्णय गरेर नाम दर्ता प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।  
     
    निर्वाचनको मिति घोषणा भएको दिनदेखि नाम दर्ता गर्ने काम रोकेर मतदाता नामावली प्रशोधनको काम सुरु गर्ने  र सो काम सहित समग्र निर्वाचनको तयारीको काम गर्न आयोगलाई १ सय २० दिन समय लाग्ने उहाँले बताउनुभयो ।
     
    २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष माथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् ।


    शुक्रवार, जेठ २० २०७९०८:४२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij