एजेन्सी । अमेरिकाको आयोवा राज्यको एम्समा बिहीबार एउटा चर्च बाहिर गोली चल्दा दुई सर्वसाधारण र एक बन्दुकधारीको मृत्यु भएको छ ।
स्टोरी काउन्टी शेरिफको कार्यालयले ट्विटमा उल्लेख गरेअनुसार चर्चको पार्किङमा एक पुरुष व्यक्तिले दुई जनालाई गोली हानेका थिए।
शेरिफको कार्यालयले बताएअनुसार त्यहाँ ३ जनाको मृत्यु भएको छ, ती मध्ये १ जना बन्दुकधारीको रूपमा पहिचान गरिएको पुरुष पनि छन् । एम्स स्टोरी काउन्टीको शहर मध्य आयोवाको डेस मोइन्सबाट ५० किलोमिटर उत्तरमा छ।