Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बिना गल्तीको सजाय पाएँ, मलाई पढ्नै आउँदैन के–के लेखेर हस्ताक्षर गराए...

बिना गल्तीको सजाय पाएँ, मलाई पढ्नै आउँदैन के–के लेखेर हस्ताक्षर गराए...

  • शुक्रवार, जेठ २० २०७९

  • 1.8K
    SHARES

  • बिना गल्तीको सजाय पाएँ, मलाई पढ्नै आउँदैन के–के लेखेर हस्ताक्षर गराए...

    काठमाडौं । नायिका मिरुना मगर र फुर्पा लामाबीचको घटनाले नयाँ मोड लिएको छ । सामाजिक सञ्जालमा कुरा गर्दै फुर्पाले आफूले नयिकामाथि नियतबस गलत व्यवहार नगरेको बताएका छन् ।

    चलचित्र ‘कबड्डी ४’ हेरिसकेपछि बाहिरिएका फुर्पा र नायिकाबीच धेरै मानिसको भिडमा भेट भएको थियो । सोही भिडमा सेलिब्रेटी आएपछि तस्बिर खिचाउने र सेल्फी लिनेको ताँती देखिन्थ्यो । त्यतिबेला फुर्पा पनि नजिक पुगेका थिए ।

    फुर्पा हिड्ने क्रममा नायिका मिरुनाको शरिरमा सामान्य धकेलिएको उनले सामाजिक सञ्जालमा बताएका छन् । त्यसपछि आक्रोशित भएकी नायिका मिरुनाले फुर्पालाई झापड दिएकी थिइन् ।

    सोहीक्रममा विवाद लम्बिएपछि फुर्पालाई नायिकाले प्रहरीको जिम्मा लगाएकी थिइन् । नायिकाको यो व्यवहारको चौतर्फी आलोचना भएपछि फुर्पा हिरासत मुक्त भएका थिए । अहिले मेलमिलाप भएपनि फुर्पाले आफ्नो कुनै गल्ती नभएको बताउँदै आएका छन् ।

    फुर्पाले आफूलाई पढ्न नआउने र केके लेखेर हस्ताक्षर गराएको आरोप लगाएका छन् ।


    शुक्रवार, जेठ २० २०७९०३:०६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij