Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न कृषि मन्त्री भारतमा

सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न कृषि मन्त्री भारतमा

  • शुक्रवार, जेठ २० २०७९

  • 514
    SHARES

  • सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न कृषि मन्त्री भारतमा

    काठमाडौं । सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव भारत प्रस्थान गर्नुभएको छ ।

    खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत जानुभएका मन्त्री यादवले सो कार्यक्रम सकेलगत्तै भारतका रसायन तथा उर्बर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कनु हुनेछ ।

    भारतसँग जिटुजी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा कम्पनी छनौट गरिसकेको भए पनि सम्झौताअनुसार रासायनिक मल उपलब्ध हुन नसकेपछि मन्त्री यादवले भारत भ्रमणका क्रममा ताकेता गर्नुहुनेछ । 

    मन्त्री यादवका प्रेस सहयोगी सत्यप्रकाश यादवका अनुसार व्यापार सहजीकरण, अलैंची चिया निर्यात, हरियाणा र नोयडाबाट उपलब्ध गराउने भनिएको मुर्गाजातका भैंसी आयात गर्ने विषयमा पनि छलफल हुनेछ । मन्त्री यादव २६ जेठमा स्वदेश फर्कनुहुनेछ ।


    शुक्रवार, जेठ २० २०७९११:०३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij