Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आइजिपी धिरजप्रताप सिंहको एक महिने समीक्षा, निर्मला हत्याकाण्डबारे के भन्छन् ? 

आइजिपी धिरजप्रताप सिंहको एक महिने समीक्षा, निर्मला हत्याकाण्डबारे के भन्छन् ? 

  • बिहिवार, जेठ १९ २०७९

  • 794
    SHARES

  • आइजिपी धिरजप्रताप सिंहको एक महिने समीक्षा, निर्मला हत्याकाण्डबारे के भन्छन् ? 
    काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्‍याउन प्रयास गरिने पनि बताउनुभयो । 
     
    आइजिपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको बताउनुभयो ।
     
    कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । 
     
    सिंहले गलत काम गर्ने प्रहरीमाथि कारबाही सुरु गरिएको भन्दै बढुवाको हकमा मेरिट बेसमा गरिने पनि बताउनुभयो ।  ‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन । ब्याचमा बेस्ट भएका अगाडि आउँछन्’, उहाँले भन्नुभयो ।, ‘सोर्सफोर्सले बढुवा हुँदैन । शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ ।’ 


    बिहिवार, जेठ १९ २०७९०४:५२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij