ललितपुर । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले जिल्ला समन्वय समिति गठनमा पनि भागबण्डा गरेर तालमेल गरेको छ ।
स्थानीय तहको निर्वाचनमा तालमेल गरेको सत्ता गठबन्धन दलले आउँदो संघ र प्रदेशको चुनावसम्मै तालमेल गरेर जाने सहमति अनुसार नै जिल्ला समन्वय समिति गठनमा तालमेल भएको कांग्रेसका एक नेताले बताए ।
जिल्ला समन्वय समिति गठनमा पनि दलका शीर्ष नेताहरुको निर्देशन अनुसार ललितपुरमा कांग्रेस र माओवादीले गठबन्धन गरेर उम्मेदवारी दर्ता गरेका छन ।
ललितपुरका चार वटा पालिकामा प्रमुख, तीन वटा पालिकामा उप प्रमुख र ७१ वडा मध्ये ३८ वटा वडामा नेपाली कांग्रेसले जीत हासिल गरेको थियो । सोही अनुसार ठूलोको रूपमा नेपाली कांग्रेसले जिसस ललितपुरको प्रमुख पाएको छ भने नेकपा माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।
प्रमुखमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सह सचिव एवं भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा महाँकाल गाउँपालिका वडा नं ३ बाट अत्यधिक मतका साथ सदस्य पदमा निर्वाचित भएका ऋषिदेव फुयाँल प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा माओवादी केन्द्रबाट बागमती गाउँपालिकाका रामलाल थिङ निर्वाचित भएका छन्। हुनुभएको हो ।
हुनुभएको छ । अल्पसंख्यकमा कांग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोष राज केसीले जानकारी दिनुभएको छ । उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन । निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई आज जिल्ला निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाण पत्र प्रदान र सपथ ग्रहण गराउने भएको छ ।