Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाले भने, ‘बालेनजी तपाईं लेखेरै आउनुभएछ’

प्रधानमन्त्री देउवाले भने, ‘बालेनजी तपाईं लेखेरै आउनुभएछ’

  • बुधवार, जेठ १८ २०७९

  • 713
    SHARES

  • प्रधानमन्त्री देउवाले भने, ‘बालेनजी तपाईं लेखेरै आउनुभएछ’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेट्नुभएको हो ।


    भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताउनुभएको थियो ।

    महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, देउवाले भन्नुभएको थियो ।


    जवाफमा साहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको थियो। प्रधानमन्त्री देउवाले काठमाडौंमा विजयी हुनु चानचुने नभएको र बालेनले लेखेरै आएको बताउनुभएको थियो ।


    बुधवार, जेठ १८ २०७९०६:५४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij