Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कात्तिक अन्तिम वा मंसिर पहिलो साता संसदीय चुनाव गर्ने छलफल

कात्तिक अन्तिम वा मंसिर पहिलो साता संसदीय चुनाव गर्ने छलफल

  • बुधवार, जेठ १८ २०७९

  • 518
    SHARES

  • कात्तिक अन्तिम वा मंसिर पहिलो साता संसदीय चुनाव गर्ने छलफल

    काठमाडौं । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता अथवा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने छलफल गरेको छ ।

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्दा उपयुक्त हुन्छ ? भन्ने विषयले प्रवेश पाएको हो ।

    बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ।

    दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोक्ने छ ।


    बुधवार, जेठ १८ २०७९०४:४२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij