Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

अस्ट्रेलियाको तटमा भेटियो विश्वको सबैभन्दा ठूलो बिरुवा 

अस्ट्रेलियाको तटमा भेटियो विश्वको सबैभन्दा ठूलो बिरुवा 

  • बुधवार, जेठ १८ २०७९

  • 575
    SHARES

  • अस्ट्रेलियाको तटमा भेटियो विश्वको सबैभन्दा ठूलो बिरुवा 

    एजेन्सी । पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

    यो बिरुवा पोसिडोनिया अस्ट्रेलिस प्रजातिको हो। यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ । यो सामान्यतया अष्ट्रेलियाको दक्षिणी तटवर्ती किनारमा पाइन्छ ।

    आनुवंशिक परीक्षण प्रयोग गरेर वैज्ञानिकहरूले पश्चिमी अष्ट्रेलियामा ठूलो पानीमुनिको एउटा घाँसे मैदान वास्तवमा एउटा बोट हो भनेर निर्धारण गरेका हुन् । यो कम्तीमा ४५०० वर्षमा एउटै बीउबाट फैलिएको विश्वास गरिएको छ ।

    टोलीले पर्थबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सार्क बेमा संयोगवश फेला पारेका थिए । अन्वेषकहरूले खाडीबाट विरुवाको अंकुर संकलन गरेपछि १८०० आनुवंशिक मार्करहरू जाँच गरेका थिए । त्यसपछि प्रत्येक नमूनाबाट फिंगरप्रिन्ट निकालिएको थियो ।


    बुधवार, जेठ १८ २०७९०३:३०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij