Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

वृद्धभत्ता एमालेको ब्रान्ड हो, कसैको दाबी पुग्दैन : सुरेन्द्र पाण्डे

वृद्धभत्ता एमालेको ब्रान्ड हो, कसैको दाबी पुग्दैन : सुरेन्द्र पाण्डे

  • बुधवार, जेठ १८ २०७९

  • 842
    SHARES

  • वृद्धभत्ता एमालेको ब्रान्ड हो, कसैको दाबी पुग्दैन : सुरेन्द्र पाण्डे

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गर्नुभएको छ ।

    उहाँले सरकारले वृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा आपत्ति जनाउनुभयो ।

    प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले एमालेले सुरु गरेको बजेटमा अरूको दाबी नपुग्ने बताउनुभयो ।

    उहाँले जनयुद्ध माओवादीको र राष्ट्रिय मेलमिलापको नीति नेपाली कांग्रेसको भनेजस्तै एमालेको ब्रान्ड वृद्धभत्ता भएको बताउनुभयो । उहाँले वृद्धभत्तामा समय बढाए पनि, घटाए पनि जनताले एमालेलाई स्याबास र धन्यवाद दिने बताउनुभयो ।

    बजेटले मुलुकको वर्तमान आर्थिक संकट समाधान गर्नतिर ध्यान नदिएको पाण्डेको भनाइ थियो । 


    बुधवार, जेठ १८ २०७९०२:३३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij