Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

अहिलेको बजेट व्यवहारिक र सहजै कार्यान्वयन गर्न सकिने छ : कांग्रेस नेता पोखरेल

अहिलेको बजेट व्यवहारिक र सहजै कार्यान्वयन गर्न सकिने छ : कांग्रेस नेता पोखरेल

  • बुधवार, जेठ १८ २०७९

  • 453
    SHARES

  • अहिलेको बजेट व्यवहारिक र सहजै कार्यान्वयन गर्न सकिने छ : कांग्रेस नेता पोखरेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द पोखरेल सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट व्यवहारिक र सहजै कार्यान्वयन गर्न सकिने भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले अहिलेको बजेट व्यवहारिक र कार्यान्वयन गर्न सकिने आएको बताउँदै धेरै गफहरु नभएको पनि प्रष्ट पार्नुभयो ।

    संरचना र संयन्त्रले गर्न सक्ने कार्यक्रमहरु विशेषगरी यो वर्ष निजि क्षेत्रलाई प्रवद्र्धन गर्ने र हरेक कोणबाट आयात प्रतिस्थापन गर्ने, व्यापार घाटालाई कम गर्ने दृष्टिकोणले धेरै कार्यक्रमहरु यसमा समेटिएका उहाँको दाबी छ । यस्तै उहाँले बजेट चुनाव केन्द्रित नभएको प्रष्ट पार्दै महत्वकाङक्षी विषय नराखिएको बताउनुभयो ।


    बुधवार, जेठ १८ २०७९०८:४९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij