Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यस्तो भयो मिरुना र भिक्षुबीच सहमति (तस्बिरसहित)

यस्तो भयो मिरुना र भिक्षुबीच सहमति (तस्बिरसहित)

  • मंगलवार, जेठ १७ २०७९

  • 1.1K
    SHARES

  • यस्तो भयो मिरुना र भिक्षुबीच सहमति (तस्बिरसहित)

    काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र फुर्बा तामाङबीच समझदारी भएको छ ।

    दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो ।

    सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ । मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् ।

    दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ ।

    285483911_8461559810536956_5537470507179656574_n.jpg

    285356252_8461561130536824_5829669217278216996_n.jpg


    मंगलवार, जेठ १७ २०७९०७:०४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij