Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

लकडाउनका कारण समग्र पर्यटन क्षेत्रमा ३४ अर्बको क्षति

लकडाउनका कारण समग्र पर्यटन क्षेत्रमा ३४ अर्बको क्षति

  • शुक्रवार, आषाढ १९ २०७७

  • 718
    SHARES

  • लकडाउनका कारण समग्र पर्यटन क्षेत्रमा ३४ अर्बको क्षति

    काठमाडौं । कोभिड १९ र लकडाउनका कारण मुलुकको पर्यटन क्षेत्रमा मात्रै ३४ अर्ब बढी क्षति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन सुरु भएको चैत्र ११ गतदेखि हालसम्म ३४ अर्ब क्षति पुगिसेको जनाएको हो ।

    सरकारले आगामी साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने घोषणा गरिसकेको छ । आगामी साउन ७ गतेसम्म थप ७ अर्ब क्षति पुग्ने मन्त्रालयको अनुमान छ ।


    लकडाउनका कारण देशभर फसेका पर्यटकमध्ये उद्धारतर्फ हवाई मार्गबाट ९५० जना र सकडमार्गबाट ८७९ जनाको उद्धार गरेको पनि मन्त्रालयले जनाएको छ ।

    त्यसै गरी मार्च २४ देखि जुन ३० सम्म २१४ उडानमार्फत् १६ हजार ६७२ जना नेपालीलाई विभिन्न देशमा उद्धार गरी स्वदेश ल्याएको दाबी मन्त्रालयको छ । यसैगरी १२ हजार ४०८ जना नेपाली र विदेशीलाई विदेश पठाइएको पनि मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, आषाढ १९ २०७७१२:१५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij