Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बजेट आश्वासनको पुलिन्दा जस्तै आयो : विशाल भट्टराई

बजेट आश्वासनको पुलिन्दा जस्तै आयो : विशाल भट्टराई

  • मंगलवार, जेठ १७ २०७९

  • 254
    SHARES

  • बजेट आश्वासनको पुलिन्दा जस्तै आयो : विशाल भट्टराई

    काठमाडौं । नेकपा एमालेले आजदेखि संसदका दुवै सदनमा सरकारले प्रस्तुत गरेको आ.व.२०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) माथि हुने छलफलमा भाग लिने भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकाकानी गर्दै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले यस्तो बताउनुभएको हो । सचेतक भट्टराईले अहिलेको बजेट आश्वासनको पुलिन्दा जस्तो भएको पनि तर्क गर्नुभएको छ ।

    उहाँले भन्नुभयो, ‘देश एकातिर आर्थिक हिसावले जर्जर अवस्थामा पुगेको छ, सुचकांकहरु सबै नकारात्मक छन्, कुनै एउटा मात्रै आर्थिक सुचकांक सकारात्मक र राम्रो दिसातर्फ गएको देखिदैन । यस्तो बेलामा बजेट सम्पूर्ण रुपले वितरमुखी र आश्वासनको पुलिन्दा जस्तो भएको छ ।’

    सचेतक भट्टराईले बजेट जस्ताकोतस्तै कार्यान्वयनमा जाँदैनजाने यदि गइहाले पनि देशको अर्थतन्त्रलाई राम्रो नगर्नेमा आफू विश्वस्त रहेको बताउनेभयो ।


    मंगलवार, जेठ १७ २०७९०७:३७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij