Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

चुनौतीका बीच पनि तालमेल सफल भयो : कांग्रेस प्रवक्ता महत

चुनौतीका बीच पनि तालमेल सफल भयो : कांग्रेस प्रवक्ता महत

  • मंगलवार, जेठ १७ २०७९

  • 399
    SHARES

  • चुनौतीका बीच पनि तालमेल सफल भयो : कांग्रेस प्रवक्ता महत

    काठमाडौं । अलग पार्टाीबीचको तालमेल र तालमेल सफल पार्नु निकै चुनौतीपूर्ण भएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै प्रवक्ता महतले भन्नुभयो, ‘तालमेल गर्ने कुरा कम चुनौती थिएन तर हामीले ग¥यो र अगाडि बढायौ त्यसमा सफल नि भयौं ।’

    स्थानीय तहको निर्वाचनमा तालमेल भएका अधिकांश ठाउँमा राम्रो भएको र केहि ठाउँमा भने समया देखिएकोे भए पनि समग्रमा गठबन्धन सफल भएको दाबी गर्नुभयो । मतदातामा पार्टीको नियन्त्रण नहुने भएकाले केहि ठाउँमा समस्या आएको उहाँले स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, ‘हामीले आदेश गरेकै अनुसार मतदाताले मतदान गर्दैनन् जस्ले गर्दा मेयरमा विजयी हुँदा उपमेयरमा हार भयो, मतदानमा पार्टीको नियन्त्रण हुँदैन, जनताले आफूले चाहेको र विश्वास गरेकोलाई मतदान गरे । तर गठबन्धनमा धोका भएको छैन ।’

    यस्तै प्रवक्ता महतले फरक प्रसंगमा सरकारले ल्याएको अहिलेको बजेट राम्रो र कार्यान्वयन हुनेमा आफू ढुक्क भएको बताउनुभयो । कार्यान्वयनमा समस्या र चुनौती भए पछि प्रयास र इमानदारीता राखे कार्यान्वयन हुने उहाँको विश्वास छ ।

     


    मंगलवार, जेठ १७ २०७९०६:५९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij