Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

  • सोमवार, जेठ १६ २०७९

  • 604
    SHARES

  • विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 
     
    राष्ट्रपति भण्डारीले सोमबार ट्विटमार्फत उक्त घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको हो । साथै, राष्ट्रपति भण्डारीले सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराउनुभएको छ । 
     
    पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान भेटिएको थियो ।
     
    चालक दलका तीन सदस्य र १९ यात्रु लिएर पोखराबाट बिहान ९ : ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।
     
    घटनामा जहाजमा सवार सबैको दुःखद निधन भएको जनाइएको छ ।


    सोमवार, जेठ १६ २०७९०३:२८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij