Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनमाथि फ्रान्स र जर्मनीको दबाब

जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनमाथि फ्रान्स र जर्मनीको दबाब

  • आइतवार, जेठ १५ २०७९

  • 541
    SHARES

  • जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनमाथि फ्रान्स र जर्मनीको दबाब

    एजेन्सी । फ्रान्स र जर्मनीका नेताहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन् ।

    फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मनीका चान्सलर ओलाफ सोल्जले राष्ट्रपति पुटिनसँग गरेको ८० मिनेट लामो टेलिफोन वार्तामा यस्तो आग्रह गरेका हुन् । उनीहरु दुबैले ‘तत्काल युद्धविराम र रूसी सेना फिर्ता गर्न जोड दिएको’ जर्मनीको चान्सलरको कार्यालयले जनाएको छ ।

    क्रेमलिनका अनुसार रुसी नेता पुटिनले किभसँग पुनः वार्ता सुरु गर्न मस्को तयार रहेको बताए । तर, पुटिन र जेलेन्स्कीबीचको प्रत्यक्ष वार्ताको सम्भावनाबारे भने कार्यलयले केही उल्लेख गरेको छैन् ।  युक्रेनी राष्ट्रपतिले यसअघि आफू वार्ताका लागि उत्सुक नरहेको बताएका थिए । 


    आइतवार, जेठ १५ २०७९०८:४९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij