Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

ताला चाबी देखाउँदै एमालेलाई सांसद महतले भने "धित मरुञ्जेल बोल्नुस्, धित मरिसकेपछि ताला लगाइदिनुहोला"

ताला चाबी देखाउँदै एमालेलाई सांसद महतले भने "धित मरुञ्जेल बोल्नुस्, धित मरिसकेपछि ताला लगाइदिनुहोला"

  • शनिवार, जेठ १४ २०७९

  • 494
    SHARES

  • ताला चाबी देखाउँदै एमालेलाई सांसद महतले भने "धित मरुञ्जेल बोल्नुस्, धित मरिसकेपछि ताला लगाइदिनुहोला"
    काठमाडौं । संसद् अवरोध गर्ने नेकपा एमालेको शैलीलाई लिएर माओवादी केन्द्रका सांसद गजेन्द्र महतले व्यङ्ग्य गर्नुभएको छ। संसद् अवरोध गर्ने नेकपा एमालेको शैलीलाई लिएर माओवादी केन्द्रका सांसद गजेन्द्र महतले व्यङ्ग्य गर्नुभएको छ। 
     
    नीति तथा कार्यक्रममाथिको छलफलमा भाग प्रतिनिधि सभाको रोस्ट्रममा पुगेका उनले ताला-चाबी पनि लगेका थिए। त्यो उनले सभामुखलाई दिएको बताए।
     
    उनले एमालेले गरिरहेको संसद् अवरोधप्रति व्यङ्ग्य गर्दै भन्नुभयो, ‘हिजो प्रतिपक्षीको हर्कत हेर्दा बोल्न पाइने होइन कि भन्ने लागिरहेको थियो। त्रासमै थिएँ म। अहिले पनि अलि मोटो स्वर गर्ने हो भने, ठुलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर अहिले पनि म चिन्तामै छु फेरि।’
     
    महतले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै धित मरुञ्जेल तीन घण्टा गाली गर्ने र धित मरिसकेपछि संसद् अवरोध गर्न खोज्ने गरेको बताउनुभयो । 
     
    ‘संसद्लाई ताला लगाउन खोज्नुहुन्छ। त्यसो हुनाले मैले ताला र चाबी ल्याएको छु। तपाईँहरू धित मरुन्जेलसम्म बोल्नुहोला। त्यसपछि हामी बोल्ने बेला ताला चाबी लगाइदिनुहोला। र जति बेला बोल्न मन लाग्छ, आउनुहोला र यो ताला चाबी खोल्नुहोला अनि बोल्नुहोला,’ उहाँले भन्नुभयो ।
     
    त्यतिञ्जेल हातमा ताला र चाबी झुन्ड्याएका उहाँले त्यसलाई सभामुखलाई बुझाएको बताउनुभयो। तर, ओलीको शैलीप्रति उहाँले दिक्दारी कम भएको थिएन। उहाँले भन्नुभयो , ‘अरू कुरा के छ भने। लामो बोल्ने समय छैन फेरि। गाली गर्नेलाई तीन घण्टा छ। कर्णालीको आवाज सुनाउनेलाई तीन मिनेट छ। त्यसो हुनाले पनि मलाई गाह्रो भइरहेको छ, कसरी बोल्ने, के गर्ने।’


    शनिवार, जेठ १४ २०७९०३:००:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij