Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

प्रेस युनियनको नवौँ महाधिवेशन जेठ २८ र २९ गते काठमाडौंमा हुने

प्रेस युनियनको नवौँ महाधिवेशन जेठ २८ र २९ गते काठमाडौंमा हुने

  • शुक्रवार, जेठ १३ २०७९

  • 339
    SHARES

  • प्रेस युनियनको नवौँ महाधिवेशन जेठ २८ र २९ गते काठमाडौंमा हुने
    काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन यही जेठ २८ र २९ गते काठमाडौंमा हुने भएको छ ।
     
    युनियनको स्थापना दिवसका अवसरमा आयोजित विशेष भेलाले महाधिवेशनको मिति तय गर्दै उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समितिसमेत गठन गरेको छ ।
     
    समितिमा युनियनका केन्द्रीय पदाधिकारी र सदस्यहरू सम्मिलित छन् । भेलाले महाधिवेशन तयारीका लागि विभिन्न समितिहरू समेत गठन गरेको छ । 
     
    केन्द्रीय सचिव खिला कार्कीको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति बनाइएको छ । केन्द्रीय सदस्य रमेश वाग्लेको संयोजकत्वमा साङ्गठनिक तयारी समिति र केन्द्रीय सदस्य दिलीप पौडेलको संयोजकत्वमा आर्थिक तयारी समिति पनि बनाइएको छ ।
     
    भेलाले २०७४ सालको भदौमै सम्पन्न हुनुपर्ने महाधिवेशन छैटौंपटकसम्म स्थगित गरिएको, २ वर्षदेखि केन्द्रीय समिति बैठक बस्न नसकेको तथा केन्द्रीय नेतृत्वले विधानसम्मत काम नगरेको ठहरसमेत गरेको छ ।
     
    भेलाको उद्घाटन सत्रमा युनियनका संस्थापकहरू, युनियनका पूर्वअध्यक्षहरु, वरिष्ठ पत्रकार तथा विभिन्न शाखाका अध्यक्षहरूले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले लोकतान्त्रिक पत्रकारहरूको संस्था भएर पनि युनियन विधिवत् ढङ्गले सञ्चालन हुन नसकेकोमा दुःख व्यक्त गर्दै युनियनको गरिमा उँचो राख्न आफूहरूको साथ रहने बताएका थिए ।
     
    यसअघि युनियनको संस्थापन पक्षले भदौ २१ र २२ मा हेटौँडामा महाधिवेशन गर्ने गरी विज्ञप्ति जारी गरेको थियो ।
     


    शुक्रवार, जेठ १३ २०७९०५:४५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij