Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मन्त्री बडूले बोलेको असंसदीय शब्द हटाउन सभामुखद्वारा रुलिङ

मन्त्री बडूले बोलेको असंसदीय शब्द हटाउन सभामुखद्वारा रुलिङ

  • शुक्रवार, जेठ १३ २०७९

  • 957
    SHARES

  • मन्त्री बडूले बोलेको असंसदीय शब्द हटाउन सभामुखद्वारा रुलिङ
    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा प्रयोग गरेको संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् ।
     
    बिहीबार एमाले अध्यक्ष ओलीले नेपाल आयल निगम खारेज गरेर आधा कमिसन खाइसकेको र आधा कमिसन खान बाँकी रहेको भनी अभिव्यक्ति दिएका थिए ।
     
    शुक्रबार ओलीको उक्त अभिव्यक्तिको जवाफ दिने क्रममा मन्त्री बडुले ओलीको अभिव्यक्ति निराधार र झुटो रहेको उल्लेख गर्दै ओलीले ‘स्तरहीन अभिव्यक्ति’ दिएको बताएका थिए ।
     
    तर एमाले सांसदहरूले आफ्नो पार्टी अध्यक्षको अभिव्यक्तिलाई स्तरहीन भनेर मन्त्रीले खण्डन गरेको विरोधमा संसद् बैठक नै अवरोध गरेका थिए । त्यसपछि बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक मन्त्री बडूले बोलेको ‘स्तरहीन’ शब्द हटाउन सभामुखले रुलिङ गर्ने सहमति भएको हो ।
     
    कार्यव्यवस्था परामर्श समितिमा भएको सहमति अनुसार सभामुख सापकोटाले मन्त्रीले बोलेका ती शब्द संसद्को रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् ।
     


    शुक्रवार, जेठ १३ २०७९०३:१०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij