Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

गठबन्धनले चुनावमा सत्ताको दुरुपयोग गर्‍यो : अष्टलक्ष्मी शाक्य

गठबन्धनले चुनावमा सत्ताको दुरुपयोग गर्‍यो : अष्टलक्ष्मी शाक्य

  • शुक्रवार, जेठ १३ २०७९

  • 525
    SHARES

  • गठबन्धनले चुनावमा सत्ताको दुरुपयोग गर्‍यो : अष्टलक्ष्मी शाक्य
    काठमाडौं । बागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।
     
    उनले शुक्रबारबाट सुरु भएको बागमती प्रदेशसभाको दसौँ अधिवेशन (वर्षे अधिवेशन) बैठकलाई सम्बोधन गर्दै ५ दलीय गठबन्धनले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने गरी सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएकी हुन् । ‘एमाले एक्लैसँग प्रतिस्पर्धा गर्न पनि गठबन्धनका दलहरूले निर्वाचन आचारसंहिता विपरीतको काम गर्नुपर्‍यो ।’ उनले भनिन् ।
     
    उनले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गरिन् । ‘प्रदेशसभाको ५ वर्ष सकिनै लाग्दा हालै सम्पन्न स्थानीय निर्वाचनले लोकतन्त्र माथि प्रश्न उठेको छ । यो गलत छ । यस्तो काम सच्चिनुपर्छ’ उनले भनिन् ।
     
    देशभर उच्च मूल्यवृद्धि भएको र देशैभर उच्च महँगी बढ्दा जनताको दैनिकीमा नै समस्या सृजना भएको बताउँदै केन्द्र सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।
     


    शुक्रवार, जेठ १३ २०७९०२:३९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij