काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई साथ दिने बताएका छन् ।
काठमाडौंलाई उत्कृष्ट शहर बनाउने मेयर साहको योजनामा आफ्नो रचनात्मक सहयोग रहने उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट शहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न नेकपा एस तयार रहेको नेपालको भनाइ छ ।
उनले काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिएका छन् ।