काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ। वैशाख ३१ गते दिउँसोबाट राष्ट्रिय सभागृहमा सुरु भएको मतगणना १३औं दिनमा बिहीबार राति सकिएको हो । मतगणना सकेर सभागृहबाट निर्वाचन अधिकृत बाहिरिएका छन्।
पछिल्लो मतपरिणामअनुसार मेयरमा लौरो चिह्नबाट स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोल विजयी भएका छन्। मेयर र उपमेयरसहित ३२ वटै वडाको आधिकारिक नतिजा मुख्य निर्वाचन अधिकृतको कार्यालयले केही बेरमा घोषणा गर्ने तयारी छ।