काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँ र कृषक केन्द्रित भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै उहाँले अहिलेको नीति तथा कार्यक्रम स–साना तर अपरिहार्य कुरामा केन्द्रित रहेको बताउनुभएको हो । सबै कृषकलाई समेटेको बताउँदै जनमुखी भएको उहाँको दाबी छ । यस्तै सपना बाँड्ने काम नभई पुरा गर्ने काम मात्रै प्रस्तुत गरिएको उहाँको भनाइ छ ।
पेश गरेको निती तथा कार्यक्रम पुरा गर्ने चुनौती भएपनि कार्यन्वयन गर्ने र यो क्षमता अरु पार्टीमा नभएको नेता खतिवडाको तर्क छ । यस्तै फरक प्रसंगमा उहाँले निर्वाचनको बेला जनतामा गरेका प्रतिवद्धता सबै पुरा गर्ने पनि विश्वास दिलाउनुभयो ।
अहिलेको परिणामले तालमेल सफल भयो भन्ने पुष्टि गरेको पनि उहाँको भनाइ छ ।