Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सिर्जना र स्थापितभन्दा झण्डै २० हजार मतले बालेन अगाडि

सिर्जना र स्थापितभन्दा झण्डै २० हजार मतले बालेन अगाडि

  • बुधवार, जेठ ११ २०७९

  • 646
    SHARES

  • सिर्जना र स्थापितभन्दा झण्डै २० हजार मतले बालेन अगाडि

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो अग्रता कायमै राखेका छन्।

    मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेनले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २५१ मत प्राप्त गरेका छन्।

    कांग्रेसकी सिंहले ३२ हजार ८२२ मत ल्याएकी छन्। बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन्। एमालेका स्थापितले ३२ हजार ८०७ मत प्राप्त गरेका छन्।

    उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन्। उनले ४६ हजार ३४७ मत पाउँदा उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १६ हजार २८३ मत मात्र पाएका छन्।


    बुधवार, जेठ ११ २०७९०६:२४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij