Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रतितोला सुनमा ५ सय र चाँदीमा १० रुपैयाँले मुल्य घट्यो

प्रतितोला सुनमा ५ सय र चाँदीमा १० रुपैयाँले मुल्य घट्यो

  • शुक्रवार, आषाढ १९ २०७७

  • 803
    SHARES

  • प्रतितोला सुनमा ५ सय र चाँदीमा १० रुपैयाँले मुल्य घट्यो

    काठमाडौँ । मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको भाउ आज सामान्य घटेको छ । बिहीबारको तुलनामा सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको १० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार (आज) का लागि छापावाल सुन प्रतितोला ९० हजार ५ सय कायम गरेको छ । बिहीबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेको छ । शुक्रबारका लागि तेजाबी सुनको भाउ तोलाको ९० हजार ६५ तोकिएको छ । बिहीबार तोलाको ९० हजार ५ सय ६५ रुपैयाँ तोकिएको थियो ।

    यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बिहीबार तोलाको ९५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि ९४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।


    शुक्रवार, आषाढ १९ २०७७११:४६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij