काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण विदेशमा अप्ठ्यारोमा परेकाहरुको पाँचौं चरणको उद्धार उडान सोमबार (आज)देखि पुनः सुरु भएको छ ।
पाँचौं चरणको पहिलो उद्धार उडानमार्फ सोमबार मलेसियाबाट १ सय ५३ नेपालीहरु स्वदेश फर्किएका छन् । सोमबार(भदौ १) देखि सुरु भएको पाँचौं चरणको उद्धार उडान १५ भदौ सम्म हुनेछ ।
शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले ४३ उद्धार उडानका लागि अनुमति दिएको थियो ।
आफ्नै खर्चमा फर्कन सक्ने तथा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी फर्काउनुपर्ने गरी दैनिक जम्मा ५ सय कामदार फर्काउने भनिएपनि आज १५३ जनालाको मात्र उद्धार गरिएको हो ।
यसअघि विभिन्न उडानमार्फत् विदेशमा अप्ठ्यारोमा परेका ५१ हजार ४ सय ४१ नेपाली स्वदेश फर्किसकेका छन् ।