Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

विवादपछि स्थगित उदयपुरको त्रियुगाको मतगणना सुरु, बाजुराको बुढीगंगाको अझै निर्णय हुन सकेन

विवादपछि स्थगित उदयपुरको त्रियुगाको मतगणना सुरु, बाजुराको बुढीगंगाको अझै निर्णय हुन सकेन

  • मंगलवार, जेठ १० २०७९

  • 293
    SHARES

  • विवादपछि स्थगित उदयपुरको त्रियुगाको मतगणना सुरु, बाजुराको बुढीगंगाको अझै निर्णय हुन सकेन

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना निर्वाचन भएको १२औँ दिनमा सुरु भएको हो । त्रियुगा नगरपालिकामा गत वैशाख ३० गते नै मतदान भए पनि वडा नम्बर–१२को मतदानका जनप्रेमी आधारभूत विद्यालय केन्द्रमा विवाद भएको थियो ।

    विवादका विषयलाई लिएर दुई वटा रिट दायर भएका थिए । दुवै रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश नदिएपछि आजबाट मतगणना सुरु भएको हो । 

    त्रियुगा नगरपालिकाको मतगणना वडा नम्बर–१ बाटै सुरु गरिएको छ । वडा नम्बर–१ मा एक हजार ९६८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    त्रियुगा नगरपालिकाको मतगणना कार्य अघि बढे पनि सुदूरपश्चिमको बाजुराको बुढीगंगा नगरपालिकाको विषयमा भने अहिलेसम्म कुनै निर्णय गरेको छैन। निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले बुढीगंगाको विषयमा आयोगले निर्णय गरिनसकेको जानकारी दिनुभयो ।

    त्यहाँ पनि नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। कांग्रेसले त्यहाँ पुनः मतदान हुनुपर्ने माग राख्दै आएको छ। एमालेले भने मत गणना थाल्नुपर्ने अडान लिएको छ ।

    त्यहाँ पुनः मतदान गर्ने वा मतदान भइसकेकाले गणनाको काम सुरु गर्ने भन्ने विषयमा अन्योल देखिएको छ। निर्वाचन आयोगले त्यहाँको अवस्थाका बारेमा स्थलगत अध्ययन गर्न आयुक्त सगुन सम्शेर राणा नेतृत्वमा छानबिन टोली नै पठाएको थियो। उक्त टोलीले दिएको प्रतिवेदनका आधारमा आयोगले निर्णय गर्ने बताइएको छ ।


    मंगलवार, जेठ १० २०७९०१:५२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij