Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मत गन्न बाँकी छदैँ पोखरा महानगरको मेयरमा पनि धनराज आचार्यको जित सुनिश्चित

मत गन्न बाँकी छदैँ पोखरा महानगरको मेयरमा पनि धनराज आचार्यको जित सुनिश्चित

  • मंगलवार, जेठ १० २०७९

  • 497
    SHARES

  • मत गन्न बाँकी छदैँ पोखरा महानगरको मेयरमा पनि धनराज आचार्यको जित सुनिश्चित

    काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उम्मेदवार धनराज आचार्य विजय हुने सुनिश्चित भएको छ । उपमेयरमा पनि नेकपा एमालेकी मञ्जु गुरुङको जित पक्का छ ।

    गन्न बाँकी मतभन्दा अग्रता लिएको मत धेरै भएपछि आचार्यको जित सुनिश्चित भएको हो । गएको वैशाख ३० गते भएको पालिका तहको चुनावमा पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

    जसमा आज बिहानसम्म १ लाख ३८ हजार २ सय ११ मत गणना भइसकेको छ ।५ हजार १५ मत गणना गर्न बाँकी छ । तर मेयरमा धनराज ५ हजार २ सय ८६ मतान्तरसहित अगाडि हुनुहुन्छ भने उपमेयरमा गुरुङ ४ हजार ३५ मतान्तरले अगाडि हुनुहुन्छ । पोखरा महानगरपालिका वडा नम्बर २२, ३२ र ३३ को आंशिक मत गणना गर्न बाँकी रहेको छ ।

    अहिलेसम्म नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले ५६ हजार ४ सय ७१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार १ सय ८५ मत प्राप्त गर्नुभएको छ । 

    उपमेयर पदमा एमालेकी मञ्जुदेवि गुरुङ ५८ हजार ५ सय ८२ मत ल्याएर विजय नजिक पुग्नुभएको छ । उहाँ नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ४ हजार ३५ मतान्तरले पछि पार्दै विजय नजिक पुग्नुभएको हो । उता भरतपुरमा पनि रेनु दाहालको जित निश्निच भएको छ । त्यहाँ पनि मतगणना जारी छ ।


    मंगलवार, जेठ १० २०७९०८:१०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij