Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा बिहानैदेखि घाम, आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौंमा बिहानैदेखि घाम, आज देशभरको मौसम कस्तो रहला ?

  • मंगलवार, जेठ १० २०७९

  • 355
    SHARES

  • काठमाडौंमा बिहानैदेखि घाम, आज देशभरको मौसम कस्तो रहला ?

    काठमाडौं । आज (मंगलबार) काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही प्रदेशमा भने वर्षाको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बुधबार पनि प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

    हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।


    मंगलवार, जेठ १० २०७९०७:३५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij