काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन् । बालेनले ४८ हजार ०८९ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २९ हजार १८० मत प्राप्त गर्दै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका केशव स्थापित २८ हजार ३२६ मतसहित तेस्रो स्थानमा छन् ।