काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको केही बेर रोकिएको मतगणना पुनः सुरु भएको छ । वडा न. २७ को मतगणनाका क्रममा एक जना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।
आज अपराह्न:४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए । केही बेरको विवादपछि फेरि मतगणना सुरु भएको छ ।
भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिले वडा नं. २६ र २७ को गणना सुरु भएको छ । अव बडा नं. २८ र २९ को मात्रै बाँकी छ ।