Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

जनताका ढुकढुकी केसी १० नम्बर वडामा दोहोरिएसँगै खुसीयाली

जनताका ढुकढुकी केसी १० नम्बर वडामा दोहोरिएसँगै खुसीयाली

  • सोमवार, जेठ ९ २०७९

  • 932
    SHARES

  • जनताका ढुकढुकी केसी १० नम्बर वडामा दोहोरिएसँगै खुसीयाली

    काठमाडौं - काठमाडौं महानगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ ।

    नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै कांग्रेसका रामकुमार केसी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । केसीले आफ्ना प्रतिद्वन्द्वी एमालेका अशोक कार्कीलाई १ हजार ५ सय ५ मतान्तरले पराजित गरे । केसीले ३ हजार ४ सय २८ मत प्राप्त गर्दा एमालेका कार्कीले १ हजार ९ सय २३ मत पाए ।

    यस्तै, नव निर्वाचित वडाध्यक्ष केसीले वडा नम्बर १० लाई देशकै उत्कृष्ट वडा बनाउने दाबी गरेका छन् । विजय घोषणपछि नेपाली रेडियो नेटवर्कलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने- ‘अघिल्लो कार्यकालमा ८० प्रतिशत राम्रो काम गरको छुँ, दोस्रो कार्यकाल झन उत्कृष्ट बनाउने योजना छ ।’

    वडामा शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, खानेपानी र वडाबाट प्रवाह हुने सेवाहरू डिजिटल प्रविधिमैत्री बनाउने योजना आफ्नो मुख्य प्राथमिकतामा रहेको उनले बताए ।

    उनले वडा नम्बर १० सँगै उपत्यकाको फोहोर व्यवस्थापन गर्न महानगरसँग छलफल गर्ने समेत बताए । उनले भने– ‘फोहोर व्यवस्थापन गर्न महानगरसँग छलफल गर्छौँ, की टेन्डर गरेर व्यवस्थापन गर्नुपर्‍यो, की वडालाई जिम्मा दिनुपर्‍यो हामी व्यवस्थापन गर्छौँ ।’

    जनताको मन, मुटुमा बस्न सफल केसीले आगामी पाँच वर्षको कार्यकाल जनताकै पक्षमा बिताउने र आफ्नो घोषणापत्र अनुसार अगाडि बढ्ने बताए ।


    सोमवार, जेठ ९ २०७९०४:५१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij