Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

भरतपुरको मतगणना अवरुद्ध

भरतपुरको मतगणना अवरुद्ध

  • सोमवार, जेठ ९ २०७९

  • 1.0K
    SHARES

  • भरतपुरको मतगणना अवरुद्ध

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको छ । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि  मतगणना अवरुद्ध बनेको हो । आज दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

    उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका छन् । मतगणना स्थलमा तोकिएको अधिकारीबाहेक प्रवेश निषेध गरिएको छ । तर ती प्रतिनिधि अनधिकृत रूपमा प्रवेश गरेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । 

    अहिले पक्राउ परेकालाई नछाडेसम्म मतगणना गर्न नदिने अडानमा एमाले रहेको छ । भरतपुरको मतगणना अन्तिम चरणमा पुगेको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छन् ।


    सोमवार, जेठ ९ २०७९०४:३०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij