काठमाडौं । नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ। कांग्रेसले स्थानीय तह निर्वाचन र परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यालयका मुख्य सचिव डाक्टर कृष्ण पौडेलले जानकारी दिएका छन् ।
पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी दिइने छ ।