Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकार जनभावना भन्दा बढी पार्टी र शक्ति सञ्चयमा केन्द्रित : यादव

सरकार जनभावना भन्दा बढी पार्टी र शक्ति सञ्चयमा केन्द्रित : यादव

  • सोमवार, जेठ ९ २०७९

  • 663
    SHARES

  • सरकार जनभावना भन्दा बढी पार्टी र शक्ति सञ्चयमा केन्द्रित : यादव

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता राजकिशोर यादवले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन । नेता यादवले सरकारले महँगी नियन्त्रण गर्न नसक्नु लापरबाहीको हद भएको उल्लेख गरेका छन ।

    नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने,“ महँगीले जनताको ढाड सकिरहेको छ, सरकार पार्टीको आन्तरिक मामलामा अल्झिएको छ, यो निकै गैरजिम्मेवारीपन हो ।”

    तपाईंको पार्टी पनि गठबन्धनमा सहभागी छ, सरकारलाई मात्र आरोप लगाएर हुन्छ त भन्ने पत्रकार धमलाको प्रश्नमा नेता यादवले भने,“ गठबन्धन जुन उद्देश्यले बन्यो र सरकार जुन तवरले चलिरहेको छ नितान्त फरक कुरा हो, हाम्रो पार्टीले निरन्तर जनभावना सम्बोधन गर्न र महँगी नियन्त्रणमा ध्यान दिन भनिरहेका छौं तर सरकार पार्टीका काममा मात्र व्यस्त देखिन्छ ।”

    सरकारको ध्यान जनभावना भन्दा पनि पार्टी र शक्ति सञ्चयमा केन्द्रित भएको नेता यादवको आरोप छ । 


    सोमवार, जेठ ९ २०७९०७:०७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij