काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै अर्की एक युवती पनि प्रहरीकोमा पुगेकी छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा आइतबार थप एकजना पीडित पुगेकी हुन् । पाण्डेले आफूमाथि यौन शोषण गरेको उनको आरोप छ।
प्रहरीले शनिबार स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो । बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले आफूमाथि ८ वर्षअघि जबरजस्ती करणी भएको खुलासा गर्दै २० वटा भिडियो बयान सार्वजनिक गरेकी थिइन् ।