Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

भरतपुर अपटेड : यस्तो छ माओवादी र एमालेको ताजा मत परिणाम

भरतपुर अपटेड : यस्तो छ माओवादी र एमालेको ताजा मत परिणाम

  • आइतवार, जेठ ८ २०७९

  • 865
    SHARES

  • भरतपुर अपटेड : यस्तो छ माओवादी र एमालेको ताजा मत परिणाम

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ९२ हजार १२८ मतगणना गरिएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना जारी छ ।

    परिणामअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले ७ हजार ८५४ मतान्तरले अग्रता लिएकी छन् । उनले ३६ हजार २७२ मत प्राप्त गरेकी छन् ।

    नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले २८ हजार ४१४ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत ल्याएका छन् ।

    उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङभन्दा १५ हजार ९५८ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३८ हजार ३८५ मत पाएका छन् । गुरुङले २२ हजार ४२७ मत ल्याएकी छन् ।

    भरतपुर महानगरमा अहिले १९ र २० नम्बर वडाको मतगणना जारी छ । हालसम्म १ देखि १८ नम्बर वडासम्मको गणना सम्पन्न भइसकेको छ ।


    आइतवार, जेठ ८ २०७९०१:१०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij