Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

७०२ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस अगाडि, एमाले र माओवादी पछ्याउँदै

७०२ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस अगाडि, एमाले र माओवादी पछ्याउँदै

  • आइतवार, जेठ ८ २०७९

  • 753
    SHARES

  • ७०२ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस अगाडि, एमाले र माओवादी पछ्याउँदै

    काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते देशभर एकैचरणमा भएको मतदान पछि यो समाचार तयार पार्दासम्म ७ सय २ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । अब ५१ पालिकाको नतिजा आउन बाँकी भएको छ ।

    जसमध्ये प्रमुखमा नेपाली काँग्रेसले ३ सय ११ स्थानीय तहमा जित हाँसिल गरेको छ भने १६ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले १ सय ९० पालिकामा विजयी हुँदा १५ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय १९ स्थानमा जित हाँसिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ । अन्यतर्फ २८ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ४ स्थानीय तहमा अगाडि छन् ।

    जनता समाजवादी पार्टी (जसपा) ले २६ स्थानमा जित निकालेको छ भने ६ स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १४ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडी छ ।

    यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ८३ स्थानीय तहमा जित हाँसिल गरेको छ भने १६ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले २ सय २१ पालिकामा विजयी हुँदा १८ स्थानमा अग्रस्थानमा छ । १ सय २४ स्थानमा जित हाँसिल गरेको माओवादी केन्द्रले ४ स्थानमा अगाडि रहेको छ ।

    जनता समाजवादी पार्टी (जसपा) ले २९ स्थानमा जित निकालेको छ भने एक स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले २१ स्थानमा जितेको छ भने ३ स्थानमा अग्र स्थानमा छ । अन्यतर्फ १८ जनाले स्थानीय तह उपप्रमुख पद जितेका छन् । अब ५१ स्थानीय तहको अन्तिम मतपरिणाम आउँन बाँकी छ ।


    आइतवार, जेठ ८ २०७९०९:१९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij