Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

विराटनगर महानगर : उपमेयर पदको ३४ हजार बढी मत बदर

विराटनगर महानगर : उपमेयर पदको ३४ हजार बढी मत बदर

  • शनिवार, जेठ ७ २०७९

  • 769
    SHARES

  • विराटनगर महानगर : उपमेयर पदको ३४ हजार  बढी  मत बदर

    काठमाडौं। विराटनगर महानगरपालिकाको उपमेयरमा निर्वाचितले पाएको भन्दा बदर मत बढी भेटिएको छ ।

    उपमेयरमा निर्वाचित एमाले उम्मेदवार शिल्पा कार्कीले २५ हजार ६८० मत पाएकी छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपमेयर पदमा मात्रै ३४ हजार १६७ मत बदर भएको छ ।

    एक लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगरमा ८९ हजार ३७८ मत खसेको थियो । जसमध्ये मेयरमा ६८ हजार ३६ र उपमेयर पदमा ५५ हजार २२९ मत सदर भएको थियो । मेयरमा २१ हजार ३५८ र उपमेयरमा ३४ हजार १६७ मत बदर भएको छ ।

    उपमेयर पदमा बदर भएको मत करिब ३८ प्रतिशत हो । मेयरमा करिब २४ प्रतिशत मत बदर भएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा विराटनगरको मेयर–उपमेयरमा २४ प्रतिशत मत बदर भएको थियो ।

    मेयरमा निर्वाचित नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेका उम्मेदवार सागर थापाले २१ हजार ४५५, स्वतन्त्र उम्मेदवार उमेश यादवले आठ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५२१६ मत पाए ।

    उपमेयरमा कार्कीले २५ हजार ६८० मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९, राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले पाँच हजार ११७ मत पाएका थिए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बदरमध्ये अधिकांश मत उम्मेदवार नभएको चुनाव चिह्नमा परेको छ ।

    नेपाली काङ्ग्रेस विराटनगरका सभापति दिपक चापागाई वडा तहसम्म गठबन्धन नभएका कारण मत बदर भएको बताउँछन् ।


    शनिवार, जेठ ७ २०७९०५:३८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij