Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दलीय प्रणालीप्रति जनताको वितृष्णा, लोकतन्त्रका लागि खतराको घण्टी हो : चित्रबहादुर केसी

दलीय प्रणालीप्रति जनताको वितृष्णा, लोकतन्त्रका लागि खतराको घण्टी हो : चित्रबहादुर केसी

  • शनिवार, जेठ ७ २०७९

  • 794
    SHARES

  • दलीय प्रणालीप्रति जनताको वितृष्णा, लोकतन्त्रका लागि खतराको घण्टी हो : चित्रबहादुर केसी

    काठमाडौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलीय प्रणालीप्रति आम जनताको वितृष्णा लोकतन्त्रका लागि खतराको घण्टी भएको बताएका छन् ।

    नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “काठमाडौं महानगरपालिका लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारहरु अगाडि आइरहेका छन् । दलीय प्रणालीप्रतिको असन्तुष्टि, अविश्वास र वितृष्णा खतराको घण्टी हो । निर्वाचनमा कसले जित्यो, कसले हार्यो भन्ने भन्दा पनि दलीय व्यवस्थाको विकल्प छैन ।”

    गठबन्धनले जनमोर्चालाई कति फाइदा भयो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता केसीले थपे, “हामीलाई के फाइदा भयो र ? गठबन्धन नहुँदा पनि हाम्रो पार्टी जित्ने गरेको थियो कि थिएन ? पहिले जुन ठाउँमा जितेको हो, तिनै ठाउँ जितेको छ । ३ पालिकामा प्रमुख र उपप्रमुख ६ वटामा उपप्रमुख जितेको छ । हामीले चुनावमा बाजी मार्न गठबन्धन गरेको होइन, प्रतिगमन विरोधमा गठबन्धन बनाएको हो । पैसाको चलखेल छ । जनतामा पनि पार्टीको नीति, सिद्धान्त हेरेर मतदान गर्ने चलन छैन ।”
    उनले स्थानीय तहको निर्वाचनको परिणाम हेरेर गठबन्धन नटुट्ने पनि बताए ।

    केसीले भने, “गठबन्धन भने पनि नभने पनि राजनीतिक पार्टीहरु अनुशासनमा बस्दैनन् । जोसँग मिल्दा फाइदा हुन्छ, त्यही गर्छन् । पार्टीको कमान्डमा बस्दैनन् । कसले कसलाई धोका दियो भन्दा पनि नेपालमा गठबन्धन आवश्यक छ, कायम हुन्छ । किनभने गणतन्त्र असुरक्षित छ ।”


    शनिवार, जेठ ७ २०७९०२:५०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij