Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सिर्जनाले उछिनिन् स्थापितलाई, बालेनको अग्रता कायमै

सिर्जनाले उछिनिन् स्थापितलाई, बालेनको अग्रता कायमै

  • शनिवार, जेठ ७ २०७९

  • 1.9K
    SHARES

  • सिर्जनाले उछिनिन् स्थापितलाई, बालेनको अग्रता कायमै

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुदेखिनै अग्रता कायम गरेका छन्। शनिबार २ बजेसम्म ९० हजार मतगणना हुँदा बालेनले ३२ हजार ९७८ मत प्राप्त गरेका छन्।

    पहिलो स्थानमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै रहेपनि दोस्रो स्थानमा भने एमालेका उम्मेदवार केशव स्थापित र काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

    केशव स्थापितले जारी मतगणनामा अग्रता लिँदै आएकोमा शनिबार दिउँसोको ताजा मतपरिणामअनुसार सिर्जनाले अग्रता लिएकी छन् ।

    मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएकी छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनामा समावेश वडाहरुमा १ देखि १० र २४ देखि ३२ नम्बर सम्मका रहेका छन् । यस्तै हालसम्म परिणाम घोषणा भएका वडाहरुमा १ देखि ६ तथा ८, २८ र २९ नम्बर रहेका छन्।




    शनिवार, जेठ ७ २०७९०२:२८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij